नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति

पुस ०३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको छ । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको जनाइएको छ । 

महिला र दलित कोटामा रहेको दुई सिटमा नेकपालाई र अन्य पुरुष, अपाङ्गता वा अल्पसंख्यक कोटामा रहेको दुई सिटमा राजपालाई दिने सहमति भएको हो । त्यसैगरी, दुई पार्टीबीच आगामी दिनमा पनि राष्ट्रिय राजनीतिका समसामयिक नियमित रुपमा छलफल र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने सहमति भएको छ । 

null

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपाका संयोजक राजेन्द्र महतोले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । सहमतिको लागि बसेको बैठकमा नेकपा सचिवालय सदस्य इश्वर पोखरेल, पार्टी महासचिव विष्णुप्रसाद पौडेल र स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङको उपस्थिति रहेको थियो । 

त्यसैगरी, राजपाको तर्फबाट राजपा अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, महेन्द्र यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव उपस्थिति हुनुभएको थियो । याे समाचार गोरखापत्र अनलाइनले छापेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =