राष्ट्रिय सभा सदस्यमा खतिवडा, विडारी र पौडेलले लिए सपथ
२०७४ जेठ १५ गते

“काठमाडौं, फागुन २५ । राष्ट्रियसभामा मनोनित तीन सांसदले पद तथा गोपनियता को शपथ लिएका छन् । राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई शपथ दिलाएकी हुन् ।
यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण खतिवडा, बिडारी र पौड्यालले राष्ट्रियसभाको सांसद पदमा सपथ लिन पाएका थिएनन् । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि तीन सांसदले सपथ ग्रहण गर्ने बाटो खुलेको हो ।
अब तीनैजना सांसदले राष्ट्रपतिको निर्वाचनमा समेत भोट हाल्न पाउने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफरिसमा परेका तीनजनाले केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा गरेको सिफारिस बदर गर्न माग गर्दै उनीहरु अदालत पुगेका थिए ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








