टी-२० महिला विश्वकप छनोट : आज नेपाल र आयोजक थाइल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको सबैभन्दा बलियो टिम थाइल्यान्डसँग आफ्नो दोस्रो खेलमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । 

विहान ८ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल थाइल्यान्डलाई पराजित गर्ने रणनीतिमा छ । यता, थाइल्यान्ड भने नेपाललाई पराजित गर्दै उपाधि नजिक पुग्न चाहन्छ । यसअघि भएका दुबै खेलमा जित हात पार्दै थाइल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

यता, नेपालले खेलेको एक खेलमा जित हात पार्दै दुई अंक बटुलेको छ भने अंक तालिकामा दोस्रो स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो । नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =