स्पेन र पाेर्चुगल पठार्इदिने भन्दै ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक प्रहरीकाे खाेरमा

काठमाडौं, २३ फागुन । बैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भनी लाखौं रकम ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक प्रहरीकाे फन्दामा परेका छन् । सुनौलो प्रकाश कन्सल्टेन्सीका संचालक आर्यन लामालाई बैदेशिक राेजगारीमा पठार्इदिने भन्दै लाखाैं रकम ठगेकाे भन्दै महानगरीय प्रहरी महाशाखाले मंगलबार टेकुबाट  पक्राउ गरेको हो ।

खोटाङ निर्मलीडाँडा –१ घर भएका निरकाजी बस्नेत समेत ४ जनालाई काठमाडाैंको सामाखुसीमा रहेको सुनौलो प्रकाश कन्सल्टेन्सीका संचालक आर्यन लामाले ठगी गरेकाे भन्दै पक्राउ गरिएकाे प्रहरीकाे भनार्इ छ । प्रहरीले पिडितकाे उजुरीकाे अाधारमा लामालार्इ पक्राउ गरेकाे जनाएकाे छ । स्पेन र पोर्चुगलमा रोजगारीको लागि पठाउने भनी हरिकाजी बस्नेतबाट जम्मा रु.३३ लाख लिई रोजगारीमा नपठाई रकम माग गर्दा ब्ल्याङक चेक दिएर गठी गरेकाे भन्दै महानगरीय प्रहरी महाशाखाले पक्राउ गरेकाे हाे ।

लामाले पिडित बस्नेतबाट पैसा लिएपनि फिर्ता दिएका थिएनन् । पछि बस्नेतले पैसा फिर्ता गर्न बारम्बार अाग्रह गर्दा लामाले स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी र लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाको चेक दिएका थिए । बस्नेतले ती सहकारीमा गएर पैसा निकाल्न खाेज्दा दुवैकाे खातामा पैसा नभएकाे थाहा पाए । त्यसपछि अाफु ठगिएकाे थाहा पाएपछि उनले ठगीकाे अाराेपमा प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा लामालाई हिजाे काठमाडाैं टेकुबाट पक्राउ गरेको थियाे ।

महानगरीय प्रहरीकाे अनुसन्धानको क्रममा आर्यन लामाले दोलखा घर भएका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाउने भनी ठगी गरेकाे पार्इएकाे बताएकाे छ । प्रधान र तामाङलार्इ पक्राउ परेका लामाले कतार एयरवेजमा जागिर लगार्इदिने भन्दै रु.३ लाख ५० हजार लिएको पार्इएकाे थियाे ।

लामाले ति ब्यक्तिलार्इ समेत राेजगारीमा लगार्इ दिनुकाे सट्टा पुनः माथि उल्लेखित सहकारीहरुको चेक दिएका थिए । उनीहरूले पनि बस्नेतले जस्तै चेक साट्न जाँदा बाउन्स भएकाे थियाे । प्रहरी अनुसन्धानले लामाले अन्य धेरै ब्यक्तिलार्इ समेत ठगी गरेकाे खुल्न अाएकाे बताएकाे छ ।

पक्राउ परेका लामालाई ठगी गरेको सम्बन्धमा थप अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाैंमा राखिएकाे छ । लामालार्इ मुलुकी ऐन ठगी महल अनुसार कारवाहीका लागि मुद्दा चलार्इने भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *