के तपाईंको सेभ नम्बर डिलेट भयो ? यसो गर्नुहोस्…….

“स्मार्टफोनबाट कन्ट्याक्टसहरु डिलेट भएमा अब चिन्ता लिनु पर्दैन । गुगलको सहयोगमा तपाईँले डिलेट भएका नम्बर सजिलै प्राप्त गर्न सक्नुहुनेछ । गुगलको सहयोगले  गुगल ड्राइभमा सेभ भएका नम्बरहरु प्राप्त गर्न सकिन्छ । त्यसका लागि तलका चरणहरु अपनाउनुहोस्:

१. सबैभन्दा पहिले आफ्नो ब्राउजरमा गुगल कन्ट्याक्ट्स contacts.google.com वेबसाइट खोल्नुहोस् । तपाईंका नम्बरहरु जुन जिमेल ठेगानासँग आबद्ध गर्नुभएको थियो, सोही जिमेलमा लगइन गरी ब्राउजरमा उक्त साइट खोल्नु आवश्यक हुन्छ ।

२. वेबसाइट खोलिसकेपछि त्यसको माथि बायाँतर्फ रहेको मेन्यूमा जानुहोस्  र  More  बटनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंले undo changes को अप्सन देख्नुहुनेछ ।

३ .त्यस पश्चात् आफूलाई जुन समय भित्र डिलिट भएका वा परिवर्तन गरिएका सम्पर्क नम्बरहरु पुरानै अवस्थामा चाहिएको हो, सोही अनुसारको समय छानेर रिस्टोर गर्न सक्नुहुन्छ । यस प्रकार तपाईंले डिलिट वा इडिट भएका सम्पर्क नम्बरहरु पुनः प्राप्त गर्न सक्नुहुन्छ । तर ध्यान दिनुपर्ने कुरा के भने तपाईंले ३० दिन भित्रमा डिलिट भएका कन्ट्याक्स रिस्टोर गर्नैपर्दछ । अन्यथा रिस्टोर गर्न सकिँदैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *