प्रथम ब्रिजवाटर कप फुटबल प्रतियोगिताको उपाधि सैनिकलाई

पुस १२, काठमाडौं । भक्तपुरको सैनिक आवासीय महाविद्यालयले ब्रिजवाटर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। 

ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा सानो थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा सैनिकले साइपाल एकेडेमीलाई ३–० गोलले पराजित गर्दै उपाधि चुमेको चुमेको भएकाे हो ।   

उपाधिसंगै सैनिकले १ लाख नगद पुरस्कार पायो भने साइपालले ५० हजार चित्त बुझायो । सैनिकका विश्रान्त बस्नेत फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भएसँगै उत्कृष्ट डिफेन्डर पनि चुनिए । 

null

व्यक्तिगत विधाको खेलाडीमा साइपालका सन्जिव लामा, गोलरक्षकमा सैनिकका आशिष बस्नेत, मिड फिल्डमा सैनिकका कमल गुरुङ, स्ट्राइकरमा ब्रिजवाटरका प्यारजंग राई र प्रशिक्षकमा सैनिकका बाबुकाजी धौभन्जर उत्कृष्ट ठहरिए । मंसिर २९ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३२ टिम सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =