सात जना विरुद्ध सार्वजनिक मुद्दा

भरतपुर, फागुन २० । चितवन प्रहरीले होलीमा हुलहुज्जत गर्नेे ७ जनालाई मुद्दा चलाएको छ ।

चितवनमा दुई दिनसम्म मनाइएको होली पर्वलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन तयार गरिएको सुरक्षा योजनाले ७ जनालाई कसुरको मात्राअनुसार केही सार्वजनिक (अपराध र सजाय) ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको चितवन प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।

होली पर्व मनाउने क्रममा एक अर्काको इच्छा विपरीत जबर्जस्ती रंग, लोला हान्ने, सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने साथै सार्वजनिक शान्ति र अमनचयनमा बाधा पु¥याउने गतिविधिमा संलग्न ३२ जनालाई परिवारको जिम्मा लगाइएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *