सरुवा बढुवाको होईन, विकासको फाईल बोक्नुस : प्रधानमन्त्री

काठमाडौं, फागुन १९ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासमा केन्द्रित हुन सांसदहरुलाई निर्देशन दिएका छन् । एमाले र माओवादी केन्द्रबाट निर्वाचित सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा सांसदलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरुवा बढुवाको नभइ विकासको फाइल बोक्न आग्रह गरे ।

संसद भवन नयाँ बानेश्वरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख सुभास नेम्वाङले सदनमा सांसदले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रविधिक रुपमा एमाले र माओवादी फरक देखिए पनि निकट भविष्यमै एक हुने बताए । उनले एकीकृत पार्टीको लागि सबैलाई तयार हुन आग्रह गरे ।

कार्यक्रममा एमाले नेता तथा पूर्व सभामुख सुभाष नेम्वाङले संघीय संसदको गरिमा र जिम्मेवारी बुझ्न सांसदलाई आग्रह गरे । संसदमा उपस्थिति नभएर विगतमा कोरम पुर्याउन समस्या हुने जस्ता समस्या देखिने गरेको बताउँदै उनले पार्टीका संसदलाई यस्तो नदोहोर्याउन आग्रह गरे ।

संघीय संसदको अधिवेशन फागुन २१ गतेलाई आव्हान गरिएको छ । संसद बैठक अघि दुई पार्टीले आफ्ना दुवै सदनका सांसदलाई प्रशिक्षण दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *