सांसद्को सपथ ग्रहणको तयारी अन्तिम चरणमा
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, फागुन १८ । दुई दिनपछि हुने सघीय सांसद्को सपथ ग्रहणको तयारी अन्तिम चरणमा पुगेको संघीय संसद् सचिवालयले जनाएको छ । यही फागुन २० गते संघीय सांसद्को सपथ ग्रहण हुनेछ ।
आजसम्ममा ६ जनाभन्दा धेरै सांसद्ले मातृभाषामा सपथ ग्रहणका लागि संसद् सचिवालयमा आवेदन दिएका छन् । आवेदन दिने समय हिजोसम्मका लागि तोकिएको भए पनि सार्वजनिक विदा परेका कारण आजपनि आवेदन लिइने संसद् सचिवालयका सचिव हिमलाल सुवेदीले जानकारी दिनुभयो ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका जेष्ठ सदस्यालाई सपथग्रहण गराएपछि उहाँहरुले बाँकी सांसद्लाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । बैठक सुरु भएसँगै सांसद्हरुले संसद् सञ्चालनको नियमावली तयार पार्नेछन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित