प्रेसमाथिको सेन्सरसिपः के हो अवहेलना ?
२०७४ जेठ १५ गते

“
काठमाडौं, फागुन १८ । कानुनविद् भन्छन् – न्यायलय वा न्यायाधीशबारे समाचार प्रकाशन गर्दैमा अवहेलना हुँदैन
राज्यका अन्य निकायको जस्तै प्रेसले न्यायलय वा न्यायधीसबारे पनि समाचार प्रकाशन, प्रसारण गर्न पाउने र यसो गर्दैमा अदालतको अवहेलना नहुने संविधान तथा काुननका ज्ञाताहरुले बताएका छन् ।
आफ्नो अयोग्यतासम्बन्धी प्रश्नहरु समाचारका रुपमा लागतार आउन थालेपछि परेको मुद्धामा सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रेसमाथि नै सेन्सरसिप लागउन आदेश दिएको सन्दर्भमा उनीहरुको यस्तो धारणा आएको हो ।
पराजुलीको ईजालासले कान्तिपुर विरुद्धको मुद्धामा म्याद बुझेको ७२ घण्टाभित्र वयानका लागि आफैं उपस्थित हुन आदेश दिएकाले कान्तिपुर त्यसका लागि शुक्रबार अदालत जाँदैछ ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








