खोलाबाट नदी जन्य वस्तु उत्खननका लागि टेण्डर आह्वान, सत्तारुढ दलका नेताको आपत्ति

फागुन १०, धरान । सुनसरीको धरान क्षेत्रका सेउती, सर्दु, अधेरी र सेहरा खोलाबाट नदी जन्य वस्तु तथा ढुङगा गीटी र बालुवाहरु जेसिवी/स्काभेटर लगाई उत्खनन् गर्न पाउने गरी नगरपालिकाले टेण्डर आवहान गरेकोप्रति नेकपा पार्टीले असन्तुष्टि जनाएको छ ।
धरान उपमहानगरपालिकाले गत फागुन १ गते ढुंगागिटी, बालुवा संकलन गर्नका लागि टेण्डर आह्वान गरेपछि खोलामा कुनैपनि मेसीन जन्य वस्तु प्रयोग गर्न नहुने भन्दै सत्तादलकै केही नेताहरुले सामाजिक सञ्जाल मार्फत् यसको विरोध जनाएका हुन् ।
null
नेकपाका धरानका नेता चोत्लुङले सामाजिक सञ्जाल फेसबुक मार्फत् धरान उपमहानगरपालिकाले समयमै आफ्नो निर्णयमाथि पुर्नविचार गर्न आग्रह गरे ।
उनले सर्दु खोला हुँदै विष्णुपादुका जाने बाटो मुनिको केही भाग र अधेरीखोलाको ठिंगाबारी जाने बाटो मुनिको केही भाग जहाँ मानव वस्तीलाई जोखिम पार्ने गरी नदी जन्य वस्तु थप्रिएको सो ठाउँमा मेसिन लगाई नदीको वहावलाई नियन्त्रण गर्नु सहि भएको बताए ।
नेता चोत्लुङले सेती, सेरा, सर्दुखोला र अधेरी खोलाको बाँकी भागमा मेसिन लगाई ढ्ङगागीटी बालुवा निकालिए हाल भएको तारजाली र तट्बन्धनहरुमा ठुलो क्षती हुने सम्भावना रहेको भन्दै सो निर्णय सच्याउन आग्रह गरेका गरेका हुन् । त्यस्तै नदी आसपास रहेका बस्तीलाई क्षती पुर्याउने जोखिम रहेको उनले स्पष्ट पारे ।
धरान उपमहानगरपालिकाले फागुन १ गते आईईई रिपोर्ट अनुसार ३० दिनको समय राखेर टेण्डर आह्वान गरेको हो । ३५ लाख ६० हजार ६७८ वर्ग फिट नदी जन्य पदार्थ उत्खनन् गर्न न्यनतम रु १ करोड ६ लाख ८२ हजार ३४ रुपैयाँ लाग्ने बताइएको छ ।
स्वीकृत आईईई प्रतिवेदन अनुसार माथि उल्लेखित नदीहरुबाट २० देखी ३० मिटर चौडाई र १ देखी १.५ मिटरसम्म गहिरो खन्न सकिने छ ।








