जेनेरल हस्पिटल एण्ड ट्रमा सेन्टरको एक दिने निःशुल्क स्वस्थ्य शिविर

माघ १९, काठमाडौं । जेनेर हस्पिटल एण्ड ट्रमा सेन्टरले  निःशुल्क स्वास्थ्य जाँच साथै औषधि वितरण गरेको छ ।   

हस्पिटलको प्राविधिक सहयोगमा आशियान इनटरनेशनल जर्नालिस्ट काउन्सिल र भारत नेपाल सामाजिक संस्कृति मंचको सहयोगमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । भारतको नरपतगंजस्थित पथरदेवा स्कुलमा शनिबार सम्पन्न सो शिविरमा २ सय ३२ जनाले स्वास्थ्य जाँच गराएका थिए ।   

उक्त शिविरमा स्त्री तथा बालरोग सम्बन्धी साथै जेनरल फिजिसियन सम्बन्धि जाँच गराइएको थियो भने औषधी निःशुल्क बितरण गरिए जेनेरल हस्पिटल एण्ड ट्रमा सेन्टरका एम डि दिमक रोयले जानकारी दिए ।   

उनका अनुसार डा. फडिन्द्र शाह, डा. तेजनारायण शाह र डा. एम डि सलीम लगायतका चिकित्सकहरुले शिविरमा स्वास्थ्य जाँच गरेका थिए ।   

आर्थिक अभावका कारण कुनै पनि स्थानका आम जनताहरु स्वास्थ्य जाँच गराउनबाट बञ्चित नहोस भन्ने उद्देश्यका साथ उक्त स्थानमा स्वास्थ्य शिविर साथै निशुल्क औषधि बितरण गरेको रोयको भनाई छ ।   

आगामी दिनहरुमा विभिन्न दुर्गम गाँउहरुमा पनि जेनेरल हस्पिटल एण्ड ट्रमा सेन्टरले स्वास्थ्य शिविरको आयोजना गर्दै सेवा पुर्याउने उनको योजना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =