वीपी प्रतिष्ठानमा एक छात्राले गरिन् आत्महत्या

भदौ ३१, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक छात्राले झुण्डिएर आत्महत्या गरेकी छिन् ।   

आज (मंगलबार) बिहान आफू बस्ने होस्टल रुममा झुण्डिएर बि.एस.सी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले आत्महत्या गरेकी हुन् ।   

आत्महत्याको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।   

Image result for वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

प्रहरीका अनुसार मृतक अञ्जनाको रुम पार्टनरको आज बिहान डिउटी परेका कारण होस्टल रुममा उनी मात्रै थिइन् । बिहान कलेजका लागि अञ्जना साढे ७ बजेतिर होस्टल रुमबाट निस्केको तर पुनः कोठामै फर्किएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।   

‘रुम पार्टनर डिउटी सकेर आउँदा उनले ढोकामा पटकपटक ढकढक्याएकी थिइन् । तर ढोका खुलेन । ढोको नखुलेपछि उनले चेपबाट चिहाएर हेर्दा झुण्डिएको अवस्थामा देखिछन् । त्यसपछि सबैलाई खुहारिन् । कोठामा पछाडिपटिको ढोका खुला थियो । त्यहाँबाट भित्र छिरेर साथीहरुले नै मृतकलाई वीपी प्रतिष्ठानको आकस्मिक कक्षसम्म उपचार गर्न पुर्याएका थिए’, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज वलीले भने ।   

अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको उनले जानकारी दिए । मृतकको शव वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा नै राखिएको छ । उनका अभिभावक आएपछि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =