फिजम कपमा २८ टिम
२०७६ मंसिर २९ गते

मंसिर २९, काठमाडाैँ । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष र महिलामा समान १४–१४ गरी २८ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक समेत रहेका फिजमका सह सचिव सुनील केसीले जानकारी गराए ।
पुस ७ गतेसम्म सञ्चालन हुने लिग कम नकआउट प्रतियोगिताका खेलहरु गोठाटारस्थित मोनास्टिक पब्लिक स्कुलको कोर्टमा हुनेछ ।

२०७६ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित








