ट्राफिक नियम उल्लङ्घन गर्नेबाट दैनिक २५ हजार राजश्व

नवलपरासी, फागुन १५ । नवलपरासी बर्दघाट–सुस्ता पश्चिम जिल्लामा दुर्घटना न्यून गर्ने उद्देश्यले सवारी साधन जाँच अभियान थालिएको छ ।

यो अभियान सवारी चालकलाई सवारी नियम पालना गराउन निकै प्रभावकारी देखिएको छ । जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट दैनिक रुपमा रु १० देखि २५ हजारको हाराहारीमा राजश्व उठ्ने गरेको प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

जरिवाना तिर्नेमा धेरैजसो हेल्मेट नलगाएको, सवारी अनुमतिपत्र नबोकेका, अनुमतिपत्र र बिलबुक नवीकरण नगरेका तथा मापसे गरेका, जथाभावी गाडी रोकेर यात्रु चढाउने र ओराल्नेहरु रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार विशेषगरी नवलपरासीको परासी, सुनवल, भुमही, बडेरा, बासा, बर्दघाट, सेमरीलगायत स्थानबाट दैनिक जाँच कार्य हुने गरेकाे छ ।

अरु दिनभन्दा पनि बिदा र चाडपर्वको दिनलाई लक्षित गरी दिनमा चारदेखि छ चोटि सम्म विभिन्न स्थानमा सवारी जाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *