आज सहिद स्मारक ‘ए’ डिभिजनमा दुई खेल, दुवै टिम सुखद सुरुवात गर्ने दाउमा

पुस ०२, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।   

लिगको चौथो दिन थ्री स्टार क्लबले जावलाखेल युथ क्लब तथा मनाङ मस्र्याङ्दी क्लबले बिभागीय टिम एपीएफसंग खेल्नेछ । 

दिनको पहिलो खेलमा थ्री स्टारले जावलाखेलसंग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ । 

null

दुवै टिम लिगको पहिलो खेलबाट सुखद सुरुवात गर्न चाहन्छन् । यस्तै दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र बिभागिय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ । 

दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । अधिकांश ठुला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने दाउमा हुनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 12 =