ट्रयाक्टर दुर्घटनामा तीनको मृत्यु, दुई घाइते
मकालु खबर
२०७४ जेठ १५ गते
“
सुर्खेत, फागुन १५ । मालारानीको कोटखोला नजिकै आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्रयाक्टर कोटखोलाको ओरालोमा पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयल सुर्खेतले जनाएको छ ।
मृत्यु हुनेहरुमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तबहादुर विक, शशिराम विक र नारायण खत्री रहेको छन् । घाइतहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित