इष्टर्न ओपन गल्फ प्रतियोगिता शुरु, पहिलो दिन धरानका तीन गल्फर शिर्ष स्थानमा

फाेटाे फायलः 

माघ ८, सुनसरी । सुनसरीको धरानमा सुर्य नेपाल इष्टर्न ओपन २०२० गल्फ प्रतियोगिता हिजोबाट शुरु भएको छ । धरान १८ स्थित निर्वाण गल्फ कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिन धरानका तीन गल्फरहरु शिर्ष तीनमा पर्न सफल भएका छन् ।   

प्रतियोगिताको हिजोको खेलमा धरानका एमेच्योर गल्फर निरज तामाङ पहिलो स्थानमा रहँदा दोस्रोमा व्यवसायिक खेलाडी शुक्रबहादुर राई र तेस्रो स्थानमा मणी राई रहेका छन् ।   

पहिलो स्थानका निरजले निर्वाणा गल्फ कोर्षमा अहिलेसम्मकै उत्कृष्ठ खेल पस्किए । उनले खेलमा ६ अण्डर ६४ स्कोर गरेका छन् । यस अघि कुनै पनि खेलाडीले ६ अण्डर खेलेका थिएनन् । प्रतियोगितामा निरजले फ्रन्ट नाइन ५ अण्डर ३१ र ब्याक नाइन १ अण्डर ३३ खेले । 

दोस्रो स्थानमा रहन सफल युवा गल्फर शुक्रबहादुर राईले पहिलो दिन ३ अण्डर ६७ स्कोर खेले । उनले फ्रण्ट नाइनमा १ अण्डर ३५ र ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाए । धरानका अर्का खेलाडी मणी राई तेस्रो स्थानमा रहेका छन् । उनले १ अण्डर ६९ स्कोर गरे । फ्रण्ट नाइनमा १ अण्डर ३५ र ब्याक नाइनमा इभन पार ३४ को कार्ड बनाएका छन् ।   

यता समान १ ओभर ७१ स्कोर गर्दै खेलाडी शिवराम श्रेष्ठ, दिनेश प्रजापति र रमेश अधिकारी चारैजना चौथो स्थानमा छन् । भने, समान २ ओभर ७२ स्कोर गर्दै शिवकुमार माझी, दीपक मगर र सञ्जय लामा संयुक्त सातौं स्थानमा छन् ।   

समान ३ ओभर ७३ स्कोर खेल्दै विनोद तामाङ, विपिन तामाङ, सुन्दर राई, कृष्णमान राजवाहक, सुनिल केसी र धनबहादुर थापा संयुक्तरुपमा दशौं स्थानमा छन् ।  प्रतियोगितामा ३४ व्यवसायिक र १६ एमेच्योर गरी ५० जना खेलाडीहरु सहभागी रहेका छन् । २ दिन ३६ होलको खेल सकिएपछि उत्कृष्ट स्कोर गर्ने २४ खेलाडीहरु मात्र तेस्रो दिनको स्पर्धाको लागि छनौट हुनेछन् ।   

प्रतियोगितामा व्यवसायिक खेलाडीतर्फ च्याम्पियनले ट्रफीसहित नगद १ लाख २५ हजार पुरस्कार दोस्रो हुने खेलाडीले ७५ हजार नगद पुरस्कार पाउनेछन् । एमेच्योरको विजेता र उपविजेतालाई भने ट्रफी दिइनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =