आज देशभर सामान्य बदली : केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, १८ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्य बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै आज राति पनि देशभर सामान्य बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी बिहीबार दिउँसो देशभर सामान्य बदली भइ हुने तथा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । त्यस्तै बिहीबार राति र शुक्रबार दिउँसो सामान्य बदली हुनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै शुक्रबार राति पनि मौसममा सुधारको सम्भावना नरहेको जनाइएको छ ।पूर्वानुमान महाशाखाले हिजो नेपालमा सबैभन्दा बढी तापक्रम ३७ दशमलब ५ डिग्री सेल्सीयस रहेको जनाएको छ । यसअघि ४३ भन्दा माथि केही स्थानमा पुगेको भएपनि पछिल्ला दिनमा तापक्रम घटेको थियो । हिजो दिपायल, धनगढी र नेपालगञ्ज तीनवटा सहरमा ३७ दशमलब ५ डिग्री सेल्सियस तापक्रम रहेको थियो । अन्यत्र तापक्रम सो भन्दा कम रहेको छ । काठमाडौंमा भने हिजो ३१ दशमलब ८ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।








