एनआईसी एशियाको १९ वटा ‘चमत्कारिक’ बचत खाता, यस्ता छन् २२ फिचर

बैशाख १६, काठमाडौं । ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले प्रत्येकमा २२ वटा चामत्कारिक विशेषता भएको १९ वटा ‘चमत्कारिक बचत खाताहरु’ सञ्चालनमा ल्याएको छ । 

ग्राहकको आवश्यकता तथा सुरक्षालाई मध्यनजर गर्दै एनआईसी बैंकले सबै वर्ग र क्षेत्रका बचतकर्ता उपभोक्तालाई लक्षित गरेर नयाँ बचत निक्षेप योजना ल्याएको हो । 

बैंकको यस योजनाबाट बैंकका ग्राहकहरुले ३ वटा बीमा, २ वटा कर्जासम्बन्धी र अन्य १७ वटा फाइदा प्राप्त गर्न सक्नेछन् । 

null

बैंकका निक्षेप योजनामा चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता, चमत्कारिक तलब बचत खातालगायत १९ वटा खाता छन् । 

यी निक्षेप योजनाहरुमा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा र १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको बिमा प्राप्त गर्नेछन् । दुर्घटना भइ मृत्य भएका वा स्थायी अशक्तता भएको अवस्थामा बैंकले रकम भुक्तानी गरिदिने गर्दछ । चमत्कारिक खाता भएको निक्षेपकर्ताहरुका लागि बैंकले १ लाख ५० हजार रुपैयाँसम्मको औषधोपचार बिमा पनि गरिदिन्छ ।  

 

१८ वटा गम्भीर घातक रोगमा क्यान्सर, किड्नी रोग, लिभर वा हर्ट एट्यया, ब्रेन फेलर वा ह्यामरेज आदि रहेका छन् । त्यो रकम प्राप्त गर्न अस्पतालको बिल पेश गर्नुपर्दैन । दुर्घटना भएको पहिचान भएको अवस्थामा बैंकले बिना कुनै हिचकिचाहट रकम भुक्तानी गरिदिने दाबी गरेको छ । 

खाता योजनामा कर्जासम्बन्धि चमत्कारिक फाइदा पनि उपलब्ध छ । जसमा कर्जाको ब्याजदरमा विशेष सहुलियत प्राप्त हुनेछ भने कर्जासम्बन्धि प्रशासनिक शूल्कमा ०.२५ प्रतिशतसम्म छुट दिइनेछ । 

बैंकले नेपालमै पहिलोपटक स्वेप्ट इन–स्वेप्ट आउट सुविधा ल्याएको छ । यसकारण उपभोक्ताले बचत खातामा मुद्धतीको जस्तै ब्याज पाउनेछन् । यस योजनाको सबै खातामा कुनैपनि बैंकको एटीएमबाट रकम निकाल शूल्क नलाग्ने सुविधा छ भने शून्यमार्जिन डिपोजिटमा निःशूल्क लकर सुविधासहित अन्य १४ वटा चमत्कारिक फाइदा उपलब्ध छ । 

 

बैंकले यसअघि समुन्नति बचत खातामा प्रयोग गरेको सुविधा सबै १९ वटै खातामा प्रदा नगरेको छ । यो चामत्कारिक बचत निक्षेप खाताहरु बैंकको मुलुकभर रहेको आफ्ना २ सय ८१ वटै शाखा कार्यालयहरु, अनलाइनबाट ग्राहकहरुले सहज रुपमा झन्झटविनै खोल्न सक्ने बैंकको भनाइ छ । 

योजनाअन्तर्गत चामत्कारिक नारी बचत योजनामा सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्न सकिन्छ भने चामत्कारिक ज्येष्ठ नागरिक बचत योजनामा घरमै बैंकिङ सुविधा प्रदान गर्न सकिन्छ । यस खातामा बैंकले थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र प्रयोग गरेको छ । चामत्कारिक तलब बचत योजनामा बैंकले सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने सुविधा प्रदान गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *