बार्सिलोनाका लागि फाटीको कीर्तिमानी दुई गोल

माघ २०, एजेन्सी । स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोना लयमा फर्किएको छ । गतसाता कोपा डेल रेमा साननदार जित हासिल गरेको बार्सिलोनाले गएराती लालिगामा लेभान्टेलाई पनि पराजित गरेपछि लयमा फर्किएको संकेत देखाएको हो । खेलमा फातीकै दुई गोलको मद्दतमा बार्सिलोनाले लेभान्टेलाई २–१ ले हरायो । 

लेभान्टेसँगको खेलमा बार्साका किशोर खेलाडी अन्सु फातीले एउटै खेलमा दुई गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको किर्तिमान समेत बनाएका छन् । उनले खेलमा गरेका दुवै गोल स्टार खेलाडी लियोनल मेस्सीले उपलब्ध गराएका थिए ।   

पहिलो हाफको ३० औं मिनेटमा बार्सिलोनाले फातीको गोलमा अग्रता लिएको थियो । कप्तान मेस्सीले एकै पटक लेभान्तेका ७ डिफेन्डर बिट गरेर दिएको पासलाई फातीले एक डिफेन्डर काट्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको दुई मिनेट नबित्दै बार्सिलोनाको अग्रता दोब्बर भयो । कप्तान मेस्सीकै पासमा फातीले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । उनले मेस्सीले पेनाल्टी क्षेत्रको दायाँ भागमा दिएको पासमा गरेको शक्तिशाली प्रहार गोलरक्षक फर्नान्डेजले बचाउन सकेनन् । 

लेभान्टेकालागि इन्ज्युरी समयमा रुबेन रोसिनाको प्रहार डिफ्लेक्ट हुँदै गोल भएपनि बार्सिलोना अग्रता कायम राख्न भने सफल भयो । इन्ज्युरी समयमा रुबेन रोसिनाको प्रहार डिफ्लेक्ट हुँदै गोल भएपनि बार्सिलोना अग्रता कायम राख्न भने सफल भयो । 

 फाटीले १७ वर्ष ९४ दिनको उमेरमा दुई गोल गरेका हुन् । यसअघि सन् २०१० मा जुवानमी जिमिनेजले मालागाका लागि १७ वर्ष १ सय १५ दिनमा दुई गोल गरेका थिए । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा रियल म्याड्रिडसँगको दूरी तीन अंकमा छोटयाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =