सुर्य नेपाल इष्टर्न ओपन गल्फको उपाधि मणी राईलाई

माघ १०, धरान । सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगितामा प्रोफेसनल गल्फर बलभद्र राई (मणी) च्याम्पियन भएका छन् । धरान स्थित निर्वााण गल्फ कोर्षमा सम्पन्न इष्टर्न ओपन गल्फ प्रतियोगितामा उनले प्रोफेसनल गल्फरको च्याम्पियन भए । 

हिजो सम्पन्न प्रतियोगितामा राईले पार ७० को निर्वाणा गल्फ कोर्षमा कुल ९ अण्डर २०१ स्कोर गरे । राईले सो अवसरमा निर्वाणा गल्फ कोर्षमा अण्डर ९ खेलेर उपाधि जित्ने खेलाडीको रेडर्क पनि बनाउन सफल भए । बिहिबार उनले ३ अण्डर ६७ स्कोर खेले । पहिलो दिन १ अण्डर ६९ र दोस्रो दिन ५ अण्डर ६५ स्कोर हासिल गरेका थिए । 

यसअघि पोखरामा सम्पन्न वेष्टर्न ओपनको बिजेता राईको यो दोस्रो उपाधि हो । उनले उपाधि ट्रफीसँगै नगद १ लाख २५ हजार पाए । प्रतियोगितामा कुल ५ अण्डर २०५ स्कोर गर्दै ब्यवसायीक गल्फर शिवराम श्रेष्ठ दोस्रो भए । अन्तिम दिन ६ अण्डर ६४ खेलेका उनले पहिलो दिन १ ओभर ७१ र दोस्रो दिन लेभल पार ७० खेलेका थिए । उनले दोस्रो पुरस्कार स्वरुप नगद ७५ हजार हात पारे । यस्तै प्रतियोगितामा धरानका शुक्रबहादुर राई कुल १ ओभर २११ स्कोर गर्दै तेस्रो भए । उनले नगद ५५ हजार प्राप्त गरे । 

यता ४ ओभर १४ स्कोरका साथ धनबहादुर थापा चौथो भए । उनले ४५ हजार  नगद पुरस्कार प्राप्त गरेका छन् । समान कुल ६ ओभर २१६ स्कोर गरेका शिवकुमार माझी र सुर्यप्रसाद शर्मा संयुक्तरुपमा पाँचौ हुँदा दुवैले जनही ३५ हजार ५ सय प्राप्त गरे । दिनेश प्रजापतिले कुल ७ ओभर २१७ स्कोर गर्दै नगद ३१ हजार पाए । समान ८ ओभर २१८ स्कोर गर्दै संयुक्त ८ औं स्थानमा रहेका जयराम श्रेष्ठ र रवि खड्काले जनही २८ हजार प्राप्त गरेका छन् । 

समान १० ओभर २१० स्कोर गरेर संयुक्त १० औं स्थानमा रहेका सञ्जय लामा र दिपक मगरले जनही २४ हजार २ सय ५० रुपैया पाए । 

प्रतियोगितामा एमेच्योरतर्फ कुल ४ अण्डर २०६ स्कोर गरेका निरज तामाङ विजेता बन्दा एमेच्योरतर्फ कुल १३ ओभर २२३ स्कोर ल्याउँदै शुक्रराज राई दोस्रो भएका थिए । इष्टर्न ओपन गल्फ प्रतियोगितामा ५० जना सहभागी थिए । 

प्रतियोगिताका विजेता खेलाडीहरुलाई सुर्य नेपालका मार्केटिङ मेनेजर बालकिसन गुरुङ, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका धरानका मेयर तिलक राई, संघीय सांसद मिना सुब्बालगायतले नगद पुरस्कार वितरण गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =