काराबाओ कपः आर्सनललाई हराउँदै लिभरपुल क्वार्टरफाइनलमा प्रवेश

कात्तिक १४, काठमाडौँ । काराबाओ कप अन्तर्गत फुटबलमा आर्सनललाई हराउँदै लिभरपुल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेल अन्तर्गत पेनाल्टी सुटआउटमा लिभरपुलले आर्सनललाई हराएको हो ।   

खेलको मुस्ताफीको आत्मघाती गोलबाट छैटौँ मिनेटमै लिभरपुलले अग्रता लिएको खेलको १९ औंँ मिनेटमा भने लुकास टोरेराले गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।   

त्यसपछि मार्टिनेलीले २ गोल गरेपछि आर्सनलले ३–१ को अग्रता बनाएको थियो । लिभरपुलका जेम्स मिल्नरले एक गोल फर्काएपनि एश्ले नाइल्सले गोल गर्दै आर्सनललाई फेरि दुई गोलको अग्रता दिलाउन सफल भए ।   

null

त्यसपछि एलेक्स च्याम्बरलिन र डिभोक ओरिगीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ७०औंँ मिनेटमा विल्लकले गोल गर्दै फेरि आर्सनललाई अग्रता दिलाए पनि इन्ज्युरी समयको चौथो मिनेटमा ओरिगीले दोस्रो गोल गरे । त्यसपछि खेल खेल पेनाल्टीमा पुगेको थियो । 

पेनाल्टी सुटआउटमा आर्सनललाई हराउँदै लिभरपुल जित हात पार्न सफल भएको हो । निर्धारित समयमा १० गोल भएको खेलमा पटकपटक लिएको अग्रता जोगाउन नसक्दा आर्सनल पराजित हुनुपर्यो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =