पीआरसी स्क्वास शुक्रबारदेखि
२०७६ फागुन २१ गते

फागुन २१, काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा पीआरसी खुला स्क्वास प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
पशुपति रोड क्यारियर (पीआरसी) को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव सुरेश गुरुङले जानकारी गराए । पुरुष/महिला सिंगल्स तथा मास्टर्स ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा ६० खेलाडीको सहभागिता रहने छ । बेलायतको ब्रिटिस गोर्खा आर्मीबाट पनि १० खेलाडी प्रतियोगिताका लागि नेपाल आउने बताइएको छ । पाँचदिने प्रतियोगिताका खेलहरु सातदोबाटोमा हुने छ ।
२०७६ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








