प्रधानमन्त्री ओली आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै

काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी ओली आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै हुनुहुन्छ । ओली अपराह्न ४ बजे निजी निवास बालकोटबाट प्रधानमन्त्री निवासमा सर्ने जानकारी उहाँको सचिवालयले दिएको छ ।

प्रधानमन्त्री भएको तीनदिनपछि उहाँ बालुवाटार सर्न लाग्नु भएको हो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सरिसक्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =