“चान्स टु वीन थ्रू अ क्लिक” अभियानका विजेतालाई स्कुटर हस्तान्तरण

फागुन २०, काठमाडौ । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ ।   

जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि “चान्स टु वीन थ्रू अ क्लिक” अभियान सार्वजनिक गरेको थियो जहाँ ग्राहकहरुले “टिभीएस बाइकर्स मेनिया” स्टीकर प्याक डाउनलोड गरेर नयाँ टिभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहारहरु जित्ने अवसर पाएका थिए । 

यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको थियो जसअन्तर्गत बुटवलकी सुमित्रा न्योपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन् । उनलाई जगदम्बा मोटर्स् प्रा.लि.का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरे । 

null

“टिभीएससँगको साझेदारी निकै अद्भुत रहयो र हामी खुशी छौं कि हरेक अभियानसँगै हामी हाम्रा नेपाली प्रयोगकर्तालाई हर्ष र मुल्य प्रदान गरिरहेका छौं” अनुभव नायर, सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसी, राकुटेन भाइवरले भने । 

जगदम्बा मोटर्स प्रा. लि. का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले ग्राहकहरुलाई डिजिटल्ली संलग्न गराउन र उनीहरुको जीवनमा रमाईलो र उत्साह थप्नका लागि आफ्नो ब्राण्डसँग सहकार्य गरेकोमा राकुटेन भाइवरप्रति आभारी रहेको बताए । उनले भने, “हामी देशभरका ग्राहकहरुको व्यापक सहभागीताबाट निकै खुशी छौं । हामी यो अभियान सफल पार्नका लागि सहयोग पु¥याउनुहुने सम्पूर्णलाई आभार प्रकट गर्दछौं ।” 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *