प्रदेश ४ का मुख्यमन्त्री, सभामुख र मन्त्रीले शपथ ग्रहण गरे

फागुन ४, पोखरा । प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका छन् । गुरुङलाई शुक्रबार प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुबँरले शपथ गराएका हुन् ।

आईतबार संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका गुरुङलाई सोमबार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि बुधबार नै शपथ ग्रहणको कार्यक्रम राखिएकोमा गुरुङकी कान्छीआमाको निधन भएपछि शपथ दुई दिन पछि सरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =