शिवरात्रीमा आएका साधुलाई दक्षिणा सहित बिदाई

काठमाडौँ, फागुन ४ । महाशिवरात्री मेलाको अवसर पारेर पशुपतिनाथ आएका साधुलाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा आएका साधुलाई हिजो बिहिबार बाटो खर्च दक्षिणा सहित बिदाई गरिएको हो ।

बिहिबार विहान पशुपतिनाथ मन्दिरको मूल गेट अगाडी आयोजना गरिएको कार्यक्रममा करिब ९ लाख ९२ हजार दक्षिणा बाडेको पशुपति क्षेत्र विकास कोषका प्रमुख लेखा अधिकृत प्रेमहरी ढुङ्गानाले जानकारी दिनुभयो । बाटो खर्च अन्तर्गत दिगम्बर साधुहरुलाई गुठी संस्थानले १ हजार ७ सय ५१ र कोषले १ हजार १ सय रुपैया दिएको हो ।

त्यसैगरी जमातीय साधुहरुलाई गुठीले १ हजार ५ सय ५१ र कोषले ८ सय १, नागा साधुलाई गुठीले १ हजार ३ सय ५१ र कोषले ७ सय १, अवदुत महापुरुष साधुलाई गुठीले १ हजार १ सय ५१ र कोषले ५ सय १ रुपैँया नगद बाटो खर्च दिएको हो ।
साधुसन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएको थियो भने केही वर्ष यताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =