प्रदेश ६ को मुख्यमन्त्रीमा शाही नियुक्त
२०७४ जेठ १५ गते

“सुर्खेत, फागुन ३। प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । बिहीबार नै मुख्यमन्त्रीमा चयन भएपनि शपथग्रहण भने भोलि हुने प्रदेश सचिवालयले जनाएको छ ।
शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले एमाले संसदीय दलका नेता यामलाल कंडेलको समर्थनमा प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष दावी पेश गरेको थियो । बिहीबार दावी पेश गरेसँगै शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश ६ भागबण्डामा एमालेको भागमा परेपनि एमालेले आलोपालोको प्रस्ताव राखेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भएको थियो ।
प्रदेश ६ मा जम्मा ४० सांसद मध्ये एमालेका २० र माअोवादीका १३ गरी वामगठबन्धनका ३३ जना छन् भने कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








