उब्जाउ बढाउने नयाँ तरिका

सन्नी लियोनीलाई अभिनय गराएर बलिउड फिल्म निर्माताले राम्रो रकम कमाई रहेको समाचार सेलाउन नपाउँदै, उनकै फोटो प्रयोग गरेर भारत आन्ध्र प्रदेशका एक किसानले आफ्नो उब्जनी बढाउने खोजेको खबर आएको छ । उनले दाबी गर्दै भनेका छन्, यो पोष्टर राखेपछि मेरो खेती सप्रिन्छ । पशुपंक्षी पनि सुरक्षित हुनेछन् ।

एक अङ्ग्रेजी न्युज साइटका अनुसार आन्ध्रप्रदेशका नेल्लोर जिल्लाका बाँदाकिदिपल्ली गाउँका किसान ए चेँचु रेड्डीले सन्नीले रातो रङ्गको बिकिनीमा उभिएको फोटोलाई ठुलो तस्बिर बनाएर राखेका हुन् ।

ती किसानले भनेका छन्, राम्रो फसलमा धेरैको आँखा लाग्छ । आम मान्छेले खेतीमा आँखा नलगाउन् भन्नका लागि सन्नीको पोष्टर राखिएको हो । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =