नेविसंघ-तरुण दलका पाँच पूर्वअध्यक्षको आरोपः कोरोना रोकथाममा सरकार संवेदनशील भएन

चैत्र २७, काठमाडौं। नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेताहरुले कोरोना (कोभिड-१९) रोकथामका लागि सरकार संवेदनशील नभएको आरोप लगाएका छन्। आम नागरिक र प्रतिपक्षी दलले पूर्ण रुपमा साथ दिँदा पनि सरकार नागरिकप्रति संवेदनशील नभएको आरोप नेविसंघ र तरुणदलका पूर्वअध्यक्षहरु लगाएका हुन्। 

जनताको स्वास्थ्यलाई प्राथमिकता राख्ने बेला स्वार्थवस ठेक्का दिएका कारण अहिलेसम्म पनि परीक्षणका दायरा बढाउन नसकिएको पूर्वअध्यक्षहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ। स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ।   

कोरोना जोखिम प्राथमिकताका आधारमा चेकजाँच तथा परीक्षणको दायरा बढाएर भय र त्रासको अन्य गर्न सरकारसँग आग्रह गरिएको छ। सीमा नाकामा रोकिएका नेपालीलाई नेपालमा ल्याएर स्वास्थ्य जाँच गरी क्वारेन्टाइनमा राख्नु पनि उनीहरुले माग गरेका छन्।   

विज्ञप्तिमा भनिएको छ, ‘न्युन आय भएका मजदुर, किसानलाई विशेष राहत, उद्योगको व्यवसायीको व्यवस्था हेरेर राहत तथा विदेशमा विद्यार्थी कामदारको स्थिति पत्ता लगाएर कुटनीतिक नियोगमार्फत उचित कदम चाल्न सरकारसँग जोडदार माग गर्दछौँ ।’ 

उनीहरूले स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुका लागि सुरक्षा सामग्री व्यवस्था गर्नुपर्ने, अस्पतालमा भेन्टिलेटरको संख्या बढाउनु पर्ने, प्रदेशमा स्थापना भएका प्रयोगशालाको परीक्षण क्षमता बढाउनु पर्ने, जोखिम प्राथमिकताका आधारमा परीक्षणको दायरा बढाउनुपर्ने लगायतका मागसमेत राखेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =