बोलिभियामा एक उत्सवको क्रममा चालिसको मृत्यु
२०७४ जेठ १५ गते

“लापाज, फागुन २ । बोलिभियामा चलेको एक पर्वका क्रममा भएको कार दुर्घटना, हत्या र बाढीका कारण कम्तीमा ४० व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनाहरुमा परी कम्तीमा १ सयभन्दा बढी व्यक्ति घाइते भएको सरकारले मङ्गलबार जनाएको छ ।
गृह मन्त्री कार्लोस् रोमेराले मृत्यु हुनेमा प्रायः कार दुर्घटनाका कारण नै भएको बताएका छन् ।
तीन दिनसम्म जारी यस पर्वका क्रममा भएको दुर्घुटनामा कम्तीमा ४० को मृत्यु हुनुका साथ अन्य १२४ जना घाइते भएको बताइएको छ । अझै पनि यो तथ्याङ्क मङ्गलबारसम्मको मात्र भएको जनाइएको छ ।
सरकारले तयार पारेको यस प्रतिवेदनअनुसार १५ जना सडक दुर्घटनामा र अन्य आठ जना मोबाइल फुट स्टलनजिक भएको विस्फोटबाट मृत्यु भएको छ ।
सन् २०१७ मा भएको यस्तै पर्वमा भएको दुर्घटनाको कारण ६७ व्यक्तिको मृत्यु भएको थियो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








