पोखरामा पार्किङमा राखेको बसमा आगोलागी

पोखरा, फागुन २ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मझेरिपाटनमा पार्किङमा राखेको बसमा आगोलागी भएको छ । ग १ ख ६९२५ नम्बरको बसमा दिउसो अचानक आगोलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगोलागीबाट बसको भित्र सिट पुर्ण रुपमा जलेका छन् भने आगाडीको सिसा समेत फुटेको प्रहरीले जानकारी दिएको छ । बसमा लागेको आगो वडा प्रहरी कार्यालय रामबजारको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागी के कारणले भएको हो भन्ने बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 7 =