पशुपतिमा साधुसन्तको घुँईचो, तस्विर/भिडियो रिपोर्ट सहित

“
फागुन १, काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिमा आराध्यदेव भगवान शिवको पुजा अर्जना गरी मनाईदैछ । हिन्दु धर्ममा आराध्यदेव भगवान शिवजीको आज जन्मदिनका रुपमा मनाईन्छ । फागुन कृष्ण चर्तुदशीका दिन भगवन शिवजीको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस दिनलाई आशुतोष भगवान् शिवको प्रिय दिनका रूपमा लिइन्छ ।
महाशिवरात्रिमा भारत, भुटानसम्मका हिदुधर्मावलम्बीहरु पशुपति दर्शनका लागि आउने गर्दछन् । आज विहानै देखि पशुपतिनाथको दर्शनार्थ भक्तजनहरुको ठूलो भिड लागेको छ ।
https://www.youtube.com/watch?v=g0LJi6OAmQ4&t=170s
पशुपति क्षेत्र विकास समितिले मन्दिरमा आएका भक्तजनलाई सहज रुपमा दर्शन गराउन विशेष ब्यवस्था गरेको छ । मन्दीरका चारै ढोकाबाट दर्शन गर्न सकिने ब्यवस्था गरिएको मन्दीर ब्यवस्थापन समितिले जनाएको छ ।
संभावित चोरी डकैती हुनबाट रोक्न शशष्त्र प्रहरी ने नेपाल प्रहरी परिचालन गरिएको छ, भने, दर्शनार्थीका लागि विभिन्न सामाजिक संघ संस्थाहरुले स्वयंसेवकको ब्यवस्था गरेका छन् ।
हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गएर पूजाराधना गर्छन् । शिव पुराण लगायत ग्रन्थमा उल्लेख भए अनुसार शिवजी उत्पत्ति भएको रातका नामबाट कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये शिवरात्रि प्रमुख पर्वका रुपमा उल्लेख छ ।
महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
शिवरात्रिका दिन ब्रतबसी रातभर जाग्राम बसे मनोकांक्षा पूर्ण हुने जनविस्वास छ ।
आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने परम्परा छ ।
आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ ।
महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।
यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको भनिएपनि भारतबाट आएका साधुसन्तले खुलेआम गाँजा भाङ विक्रि गरिरहेका छन् ।
तस्विरः केशब सापकोटा/सिआर बस्नेत
पशुपति मन्दिर पूर्वको मृगस्थलीमा नाङ्गा बाबाहरुलाई राखिएको छ । त्यहाँ उनीहरुले सुरक्षाकर्मीकै अगाडी खुलेआम गाँजा विक्रि गरिरहेपनि सुरक्षाकर्मीले केहि गर्न सकेका छैनन् ।
“








