इतिहास मेटाउने काम नगर्न राप्रपाविसंका नेता बमको आग्रह
२०७६ माघ ३ गते

माघ ३, कालिकोट । कालिकोटको पलाता गाउँपालिका वडा न ९ मा रहेको २०३४ सामा निर्माण भएको श्री सरस्वती मा बि थिर्पुको नाम विना सन्दर्भ हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्रपार्टी विद्यार्थिसंघका केन्द्रीय उपाध्यक्ष निराजन बमले आपत्ति जनाएका छन् ।
कमिसनको खेलमा इतिहास बोकेको विद्यालएको नाम मेटेर श्री शहीद स्मृति नमुना आवासीय मा बि राखेको भन्दै उनले पुर्खाको योगदान र विद्यार्थीहरुको सटिफिकेटको पनि ठूलो अपमान भएको आरोप लगाए । उनले उक्त निर्णय तुरुन्त सच्याउन स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
बमले सरस्वती मा बिको इतिहास मेटाउने निर्णयविरुद्ध सम्पुर्ण, विद्यर्थाी तथा स्थानियवासिन्दालाइ एकजुट हुन पनि आग्रह गरेको छन् ।

२०७६ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित








