गोरखामा शंकास्पद वस्तु फेला
२०७५ फागुन ३० गते

गोरखा, ३० फागुन । गोरखा सदरमुकामका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको छ । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको दिन बिहानै गोरखा सदरमुकामका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको हो ।
गोरखा नगरपालिका ६ क्याम्पसरोडमा र गोरखा नगरपालिका १० बाह्रकिलो भन्ने ठाउँमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए । तारले जेलिएको र टेप टाँसिएको कुकर झोलामा राखेर सडकमा छाडिएको अवस्थामा भेटिएको उनले बताए ।
null
बम हुन पनि सक्ने आशंकामा सो वस्तु निष्कृय बनाउन नेपाली सेनाको टोली सो स्थलमा पुगिसकेको रणसिँह दल गणका गणपति चन्दनसिँह थापाले जानकारी दिए ।
२०७५ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








