कञ्चनपुरको बनदेवी मन्दिरमा महात्माले गरे महात्मा कै हत्या
२०७४ जेठ १५ गते

“
कञ्चनपुर, माघ २७ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको प्रसिद्ध बनदेवी मन्दिरमा बस्दै आएका एक जना महात्माले अर्का महात्माको हत्या गरेका छन् । लगभग ३२ वर्षीय नारायण चौधरीले वर्ष ४५ का चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
त्यहाँ रहेका अन्य आधा दर्जन महात्माहरु आरती गर्न व्यस्त रहेकै समयमा हिजाे साँझ ती दुई जना महात्मा बीच एक आपसमा झगडा हुँदा यस्तो घटना घटेको हो ।
हत्या पश्चात नारायण चौधरी नजिकैको लालझाडी बन हुँदै फरार भएकाले उनको खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । घटनाका विषयमा थप विवरण आउन बाँकी छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








