एनओसी बन्द हुँदा कन्सल्टेन्सी ब्यवसायी मारमा, भन्छन्–‘बैंकले ब्याज मिनाहा गर्नुपर्यो’

फागुन ३०, काठमाडौं । कोरोना भाइरसका कारण सरकारले बैदेशिक शिक्षाका लागि बाहिर जाने विद्यार्थीलाई दिने नो अब्जेक्सन लेटर समेत बन्द गरेपछि शैक्षिक परामर्श ब्यवसायी चिन्तित बनेका छन् ।   

कोरोना भाइरसको विश्वब्यापी त्रासका कारण सरकारले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई अप्रिल ३० सम्म नो अब्जेक्सन लेटर (एनओसी) नदिने जनाएपछि कन्सल्टेन्सी ब्यवसायी चिन्तित बनेका हुन् ।   

देशभर करिब पाँच हजारको संख्यामा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरुको सेवा प्रभावित भएको छ । सरकारी निकायमा अनुमति दिएका करिब १७ सय कन्सल्टेन्सी समेत अब कार्यालय बन्द गरेर घरमा बस्ने अवस्थामा पुगेको पुतली सडकस्थित एक शैक्षिक परामर्श ब्यवसायीले बताए ।   

null

‘अब्रोड स्टडीमा जाने विद्यार्थीले नो अब्जेक्सन लेटर नपाउञ्जेल विदेश जान पाउँदैनन् । सरकारले मुलुकको स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल भएर गरेको निर्णयले समग्र शैक्षिक परामर्श ब्यवसायलाई धरापमा पारिदियो ।’ एक शैक्षिक परामर्श ब्यवसायी भन्छन् ।   

चिनको उहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ८० भन्दा बढि देशहरुमा फैलिइसकेको छ । छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरसबाट दुईको मृत्यु भएपनि नेपाल सरकारले उच्च सतर्कता अपनाउँदै अनअराइभल भिसा बन्द गरेको छ भने, विदेश जाने विद्यार्थीलाई समेत नो अब्जेक्सन लेटर नदिने भनेको हो ।   

नेपालबाट उच्च शिक्षाकालागि खासगरी, युके, युएसए, अस्ट्रेलिया, क्यानडा, जापान, युरोप, इण्डिया, बंगलादेश जस्ता देशमा विद्यार्थीहरु जाने गरेका छन् । 

कतिपय कन्सल्टेन्सीहरुले बैंकबाट कर्जा लिएर ब्यवसाय सञ्चालन गरेकाले कोरोना भाइरसको संक्रमण रहुञ्जेल बैंकले कर्जाको ब्याज मिनाहा गर्नुपर्ने बताएका छन् । ‘पर्यटन क्षेत्र र शैक्षिक परामर्श ब्यवसाय धरासायी भएको छ, भिसा लागेका विद्यार्थी समेत विदेश जानबाट रोकिएपछि हाम्रो ब्यवसाय त चौपट भयो । बैंकबाट कर्जा लिएर चलाइएको ब्यवसाय जोगाउन अब बैंकले केहि समयका लागि कर्जाको ब्याज मिनाहा गर्नुपर्छ ।’ एक ब्यवसायीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =