पुस २७ गते यस्ताे छ आजको पञ्चाङ्ग र यहाँकाे भाग्यफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ पुस २७। आइतबार। इ.स. २०२० जनवरी १२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। द्वितीया, २२:१७ उप्रान्त तृतीया। नक्षत्र– तिष्य, १३:५४ बजेउप्रान्त अश्लेषा। योग– विष्कम्भ, १३:०४ बजेउप्रान्त प्रीति। करण– तैतिल, ११:०९ बजेदेखि गर, २२:१७ बजेउप्रान्त वणिज। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२६ बजे र दिनमान २६ घडी १ पला। सर्वार्थसिद्धि योग १३:५४ बजेसम्म। राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्ती (पृथ्वीनारायण शाह स्मृति दिवस)। 

आज २७ पुस २०७६ आइतवारको राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सौन्दर्यतामा खर्च पनि बढ्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दैनिक कार्यमापनि प्रगती हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जाला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कृत्यको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । स्वास्थ्यमा समस्या आउला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमापनि फाईदा होला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बन्न लागेको काम विग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनि उत्तिकै रहनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पनि पाईनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मीआज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =