सांसदलाई तौल बराबरको लड्डुले स्वागत

काठमाडौं, माघ २४  । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम पूर्व यातायत मन्त्री तथा रौतहट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महम्मद आफताब आलमलाई रौतहटबासीले आलमको तौल बराबर लड्डुले स्वागत गरेका छन् ।

रौतहट क्षेत्र नं. २ मा आलम निर्वाचित भइसकेपछि राजपुर नगरपालिका डुमरीया टोलका स्थानीयहरूले सांसद आलमलाई उनका वजन बराबरको लड्डुले स्वागत गरेका हुन् ।

पाँच वर्षदेखि रौतहट क्षेत्र नंं. २ को विकास नभएकाले अब निर्वाचित भएका सांसद तथा पूर्वयातायात मन्त्री आलमले विकास गर्ने भन्ने उद्धेश्यले हामी सबै स्थानीयहरू खुसी भएर यस्ता कार्यक्रम गरेको स्थानीयवासी अबु मोहम्मदले बताए ।

नेताको उच्च सम्मानमा ७५ किलो वजन बराबरको लड्डु तराजुमा राख्दै तौल गरेपछि स्थानीयहरू हर्षित भएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =