निर्वाणा वार्षिक गल्फ प्रतियोगिताको उपाधि काजीलाई

माघ ७, धरान । सुनसरीको धरान स्थित निर्वाणा कन्ट्री क्लब हेल्ड एण्ड गल्फ रिसोर्टले आयोजना गरेको निर्वाणा गल्फ प्रतियोगिताको उपाधी काजी तुम्बापोले प्राप्त गरेका छन् । 

जनवरी १८ मा भएको प्रतियोगितामा ग्रस विजेता भने जिवन गुरुङ भएका छन् । प्रतियोगिताको फस्ट रनरअप हेमन्त थापा भए । सेकेण्ड रनरअप भरत तामाङ भएका छन् । 

सिनियर तर्फ विजय राई विजयी भए । मस्ट ब्राइडको उपाधि राम तामाङले पाउँदा नियरिस्ट टु दि पिन बोम पूसाद लिम्बु भए । महिला च्यम्पियन्सको उपाधि सुमित्रा लिम्बुले प्राप्त गरिन् । यसैगरी प्रकृति तामाङ र लङुगेस्ट ड्राइभमा राजेश राईले उपाधि जितेका थिए । 

उनीहरुलाई निर्वाणा कन्ट्री क्लब हेल्ड एण्ड गल्फ रिसोर्टका म्यानेजिङ डाइरेक्टर शशिराम भण्डारी तथा कल्पना भण्डारीले शिल्ड तथा पुरस्कार प्रदान गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =