स्पेनिस लिग फुटबल: लेभान्तेले रियाल मड्रिडलाई रोक्यो

काठमाडौं, माघ २१ । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडलाई लेभान्तेले बराबरीमा रोकेको छ । गएराती लेभान्तेको मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

खेलमा रियाल मड्रिडका सर्जियो रामोस र ईस्कोले एक एक गोल गरेपनि लेभान्तेका बोआटेङ र पाजीनीले दुई गोल फर्काउदै खेल बराबरी गरेका हुन् । बराबरी पछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब बढेको छ ।

जारी लिगमा रियाल मड्रिड शिर्ष स्थानको बार्सिलोनाभन्दा १८ अंकले पछि पर्दै चौथो स्थानमा छ । ला लिगाअन्तर्गतका अरु खेलमा रियाल बेटिसले भियारीयाललाई २-१ ले हराउँदा आईबारले सेभियामाथि ५-१ को जित निकाल्यो ।

यसैगरी आलाभेजले सेल्टा भिगोलाई २-१ ले हरायो । स्पेनिस लिगमा आज राती शिर्ष स्थानको बार्सिलोनाले आफ्नै शहरको ईस्पानियोलसँग खेल्दा दोस्रो स्थानको एथ्लेटिको मड्रिड र तेस्रो स्थानको भ्यालेन्सिया आमने सामने हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =