ग्रेस ईन्टरनेशनलको आठौं शाखा बानेश्वरमा

काठमाडौं, माघ २० । ग्रेस ईन्टरनेशनलको नयाँ शाखा काठमाडौंको बानेश्वरमा खुलेको छ । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि परामर्श दिंदै आएको ग्रेसको यो आठौं शाखा हो ।

नेपाल टु भिक्टोरिया जनरल कन्सल्टेन्ट चन्द्र योञ्जनको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच शाखाको उद्घाटन गरियो । कार्यक्रममा जनरल कन्सल्टेन्ट योञ्जनले अष्ट्रेलिया अनुभव बताउँदै त्यहाँको शैक्षिक वातावरण एवं विद्यार्थीका लागि आइपर्ने चुनौती तथा अवसर बारे स्पष्ट पारेका थिए । योञ्जनले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिएर पठाउन यहाँस्थित कन्सल्टेन्सिहरुसँग आग्रह समेत गरे ।

कार्यक्रमका सभापति एन्ड्रु पौडेलले ग्रेस इन्टरनेशनलका बारेमा जानकारी गराउँदै नयाँ बानेश्वरको आठौं शाखाले बिशेषत Abroad Study जानुअघि गरिने भाषिक ज्ञान (IELTS, TOEFL, G-MAT) जस्ता अध्ययनका लागि सुविधासम्पन्न कक्षा कोठा, लाइब्रेरी, कम्प्युटरलगायतको व्यवस्था मिलाईएको बताए । पौडेलले ग्रेस इन्टरनेशनलले विद्यार्थीहरुका लागि उचित शैक्षिक परामर्शसँगै विद्यार्थीको अध्ययनका लागि विशेष ध्यान पुर्याईएको जानकारी गराए ।

समारोहमा एजुकेशनल जर्नलिष्ट एशोसिएसनका अध्यक्ष प्रकाश सिलवाल बिशिष्ट अतिथि थिए भने एन–प्याब्सनका निबर्तमान सचिव प्रल्हाद दाहाल साथै राजु पौडेल, शिव अधिकारी, उमेश तण्डुकार लगायतको आतिथ्यता रहेको थियो ।

 

राजधानीको पुतलीसडकमा मुख्य कार्यालय र चाबहिलमा शाखा कार्यालय रहेको ग्रेस इन्टरनेशनलको राजधानी बाहिर बुटवल, हेटौंडा, चितवन, पोखरा, नेपालगञ्ज लगायतका स्थानमा समेत शाखा कार्यालयहरु छन् ।

ग्रेसले सन् २००६ देखि अष्ट्रेलिया, अमेरिका, चिन, दक्षिण कोरिया, भारत लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि परामर्श सेवा दिंदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =