पार्टी एकता जुनसुकै हालतमा भएरै छाड्छ : महासचिब पोख्रेल

“
पोखरा, माघ २० । नेकपा एमालेका महासचिब ईश्वर पोखरेलले दुईपार्टी बीचको पार्टी एकता जुनसुकै हालतमा भएरै छोड्ने बताएका छन् । उनले पार्टी एकताको वारेमा फैलाइएका हल्लाहरु निराधार भएको भन्दै त्यस्ता हल्लाहरु एकता भाड्ने नियोजित षड्यन्त्र भएकोे बताए ।
नेता पोखरेलले शुक्रबार देखि पोखरामा शुरु भएको नेपाल राष्ट्रिय बाणिज्य संघको दोस्रो अधिबेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । नेता पोखरेलले एकीकरण प्रक्रिया जनता र कार्यकर्ताको चाहाना भएको बताउदै जस्तासुकै जालझेललाई परास्त गर्दै सांगठानिक एवं बैचारिक हिसाबले पार्टी एकीकरण हुने बताए । ‘अब छिट्टै पार्टी एकीकृकरणको निम्ती सांगठनिक ब्यबस्थापन गरी दुई कार्यदल बन्ने छन्’ उनले भने । ‘त्यही दुईदलबीचको कार्यदलले एकता प्रक्रियाका वारेमा आवस्यक गृहकार्य गर्नेछ ।’
दुवै पार्टी भित्र र बाहिर केहि व्यक्तिहरु एकता भाँडने पक्षमा रहेको बताउदै नेता पोखरेलले एकता बिरोधि तत्वहरु आफै सकिने दावी गरे । उनले बिगतमा दुई पार्टीको बिचार र सिद्धान्त फरक रहेपनि देशको बिषम परिस्थितीलाई मुल्याङकन गरेर दुवै पार्टीले एकीकरण प्रक्रियालाई थालेको बताए ।
नेता पोखरेलले सरकार गठनको मोडालिटी तयार हुदै गरेको बताउदै अब तिब्र गतिमा देशलाई बिकाश र सम्बृद्धि तर्फ लग्नेगरी सरकार संचालनको कार्य्दिशा तयार हुदै गरेको जानकारी दिए ।
कार्यक्रममा एमाले सचिब पृथ्बी सुब्बा गुरुङले भाबानाका कुराले मात्रै एकीकरण नहुने भन्दै सैदान्तिक र सांगठनिक दुवै हिसाबले तयारि भए पछीमात्रै एकता घोषणा हुने बताए । गुरुङले आलो पालो र पद बाडेर नभई एकीकृत महाधिबेशनपछी पार्टी अध्यक्ष नै प्रधानमन्त्री हुनुपर्ने धारणा राखेका थिए ।
त्यस्तै एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश नम्वर ४ का संयोजक किरण गुरुङले सम्बृद्ध अर्थतन्त्र नै देश बिकासको मेरुदण्ड भएको हुदा एक कुशल र प्रभाबकारी नेतृत्वबाट मात्रै सो सम्भब रहेको बताए । उनले भत्ता मात्रै बाँडेर देशलाई कंगाल बनाउने नभई अब आम जनतालाई उत्पादनमुखी काममा अबसर सृजना गर्ने तर्फ आफ्नो पार्टी लाग्ने बताए ।
कार्यक्रममा उक्त संगठनका इन्चार्ज समेत रहेका नेता मुकुन्द न्यौपाने, पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जी सी,लगाताले बोलेका थिए ।
“








