आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, माघ १८ । कांग्रेसभित्र ‘बुट पालिस’ : नागरिक
नेपाली कांग्रेसमा शुद्धीकरणको माग राख्दै केही युवा नेताले शुरु गरेको ‘बुट पालिस’ आन्दोलन ले पार्टी पंक्तिमात्र होईन, सर्वसाधारणलाई समेत तरंगित पारेको छ ।  उदार लोकतान्त्रिक मुल्यमान्यातमा विश्वास गर्ने मुलुककै पुरानो दल भएकाले पनि जनताको अपेक्षा हुनु स्वभाविक हो ।

तर, विगतमा कांग्रेसले लिएका नीतिका कारण निर्वाचनमा जेजसरी कमजोर बन्यो, यसलाई कांग्रेसप्रति प्रश्न पनि उत्तिकै मात्रामा उठिरहेका छन् ।  राजनीतिक नेतृत्वले आफुलाई सुधागर गर्ने र युवाहरुले त्यसका लागि निरन्तर आफुलाई त्रियाशिल गरिरहने हो भने बुट पालिस आन्दोलन सार्थकता हुनेछ ।

दलभित्रको भ्रष्टिकरणले मुलुक र प्रजातन्त्र दुवैलाई थप कमजोर हुनबाट जोगाउन युवा कांग्रेसको काँधमा गम्भीर जिम्मेवारी छ ।

स्वास्थ्य सेवामा लापरबाही : कान्तिपुर 

आधारभूत चिकित्सकीय ज्ञान जाँच्ने ‘लाइसेन्स’ परीक्षा नै उत्तीर्ण गर्न नसकेका डाक्टरहरूले विभिन्न अस्पतालमा बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरिरहेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीका केही अस्पतालमा छापा मारेर त्यस्ता केही डाक्टरलाई पक्राउ गरेको छ ।

अन्य अस्पतालमा पनि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स (दर्ता प्रमाणपत्र) नलिई डाक्टरहरूले काम गरिरहेको आशंका छ । स्वास्थ्योपचारजस्तो संवेदनशील क्षेत्रमा लाइसेन्स नलिईकनै उपचारमा संलग्न हुनु तथा गराउनु गैरकानुनी मात्र नभएर गैरजिम्मेवारीको पराकाष्ठा नै हो ।

हातमा शैक्षिक योग्यताको प्रमाणपत्र भए पनि लाइसेन्सबिना स्वास्थ्य उपचार गर्नेहरू नक्कली डाक्टर नै ठहरिन्छन् ।
उपचार सेवामा नक्कली डाक्टरको संलग्नता बिरामीको स्वास्थ्यमाथि चरम खेलबाडसमेत हो ।

अयोग्य डाक्टर र उनीहरूलाई काममा खटाएर सेवाग्राहीमाथि ठगीसमेत गर्ने अस्पतालरक्लिनिक सञ्चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

मेडिकल काउन्सिलले अस्पताल–क्लिनिकलाई नियमित निगरानी गर्नुपर्छ । सँगै, अयोग्य डाक्टर उत्पादन हुने अवस्था नै आउन नदिन चिकित्सा शिक्षामै व्यापक सुधारको खाँचो छ । त्यसपछि मात्रै स्वास्थ्य सेवा भरपर्दो र विश्वसनीय हुन्छ, चिकित्सा पेसा पनि मर्यादित र सम्मानित बन्छ ।

सहकारी शुद्धीकरण हुने अपेक्षा : नेपाल समाचारपत्र

गाउँमा मात्र हौन, शहरबजारमा च्याउझै उम्रिएका सहकारी संस्गामा पनि सम्पत्ति शुद्धीकरण लागु हुने भएको  ।

थोरै थोरै रकम जम्मा गरेर आयआर्जनको काम गर्न प्रोत्साहन गर्ने तथा  थोरै थोरै रकमले आयआर्जनको काम गरी दैनिक आवश्यक्ता पुरा गर्ने मुख्य उदेश्यका साथ स्थापना भएका सहकारीहरु पछिल्लो समय ठुला व्यावसायिक बैंकले जस्तै रकम जम्मा गरी कारेवार गरिरहेका छन् ।

ठुला बैंक तथा वित्तीय संस्थाले जस्तै कारोवार गरे पनि सहकारीलाई सम्पत्ति शुद्धीकरणको नियममा भने केही छुट थियो ।

जसको कारण कालो धन लुकाउन सहकारी सुरक्षित स्थान बन्दै आएको थियो ।

प्रमुख शहरहरुमा एउटै घरमा चार पाँचवटा सहकारीको कार्यालय राखेर कारेवार भरुहे पनि राष्ट्रबैंकको निर्देशनलाई अवज्ञा गर्दै गैरकानुनी कार्य गर्दै आएको गुनासो बढ्दै गएको थियो ।

वैज्ञानिक ‘ब्रेन ड्रेन’ : अन्नपुर्ण पोष्ट

दक्ष जनशक्ति बाहिरिने प्रवृत्ति हाम्रो सन्दर्भमा बढी नै छ। त्यसमा पनि विज्ञान क्षेत्रमा त दक्ष जनशक्ति पाउनु त शिला खोजेजस्तै भएको छ।

विदेशका विभिन्न विज्ञान र प्रविधिसँग जोडिएका संस्थामा नेपाली वैज्ञानिकहरू कार्यरत छन्। तर देशमै त्यो जनशक्ति उपलब्ध छैन।

सरकारले गत वर्ष विदेशमा रहेका नेपाली वैज्ञानिक फर्काउन पहल गर्दा सकेन। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट ले ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ अभियान चलाउ“दा जम्मा दुईजना वैज्ञानिक नेपाल फर्के।

विदेशी भूमिमा काम गरिरहेका वैज्ञानिकलाई नेपाल सरकारले आकर्षित गर्न नसक्नुको पहिलो कारण थियो, त्यस्तो अभियान प्रचारमूलक उद्देश्यबाट बढी प्रेरित थियो। त्यसमाथि विज्ञानको क्षेत्रमा अध्ययन(अनुसन्धानका लागि आवश्यक बजेट र अरू साधनस्रोतको अभावले पनि आकर्षित गर्न सकेको छैन।

त्यसकारण वैज्ञानिकहरूलाई काम गर्न उत्प्रेरित र आकर्षण गर्न सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ। आवश्यक स्रोतसाधनको उचित प्रबन्ध गर्न सक्नुपर्छ।
नेपाली युवा आफैंले जन्मभूमिमा फर्केर अनुसन्धान गर्न या अनुसन्धानमूलक संस्था बनाएर विज्ञानको उत्थानमा लाग्ने प्रेरणा लिनु पनि आवश्यक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 18 =