‘लकडाउन’ले भोकमरीको अवस्था नआओस्ः देउवा

चैत्र १२, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्युन आय भएकालाई तत्काल राहत प्याकेज ल्याउन अनुरोध गरेका छन्। 

कोरोनाको कहरबाट जोगिन सरकारले देशव्यापी लकडाउन गरेपछि कुनै पनि समूह भोकमरीको सिकार नहोस् भन्दै उनले यस्तो अनुरोध गरेका हुन्। आज ट्विट गर्दै देउवाले लकडाउन कोरोना भाइरसबाट सुरक्षति हुन सबैभन्दा उत्तम विकल्प रहेको समेत जनाएका छन्। 

‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्,’ देउवाले भनेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।’   

उनले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन लकडाउन उत्तम विकल्प भएको बताएका छन्। नेपालमा अहिलेसम्म तीन जना कोरोना संक्रमित फेला परेका छन्। जसमध्ये एक जना उपचारपछि घर फर्केका छन् भने दुई जनाको टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिरहेको छ। 

कोरोनाको संक्रमण बढ्दै जान थालेपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्नुका साथै नेपाल भारत सीमासमेत लक गरेको छ। कोरोनाको सम्भावित जोखिम कम गर्न सरकारले मंगलबार देखि देशभर लकडाउन समेत गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *