टिपर पल्टिँदा सहचालको मृत्यु, चालक फरार
मकालु खबर
२०७६ पुस ६ गते
पुस ६, बर्दिबास । गएराती महोत्तरीमा अनियन्त्रित भइ टिपर दुर्घटना हुँदा एक सह–चालकमो मृत्यु भएको छ भने टिपर चालक भने फरार रहेका छन् ।
प्रहरीका अनुसार बा ५ ख २०४९ नम्बरको उक्त टिपरका सहचालक चितवन भण्डारा घर भएका २८ वर्षीय राजेन्द्र चापागाईंको मृत्यु भएको हो ।
महोत्तरीको भंगहा नगरपालिका–६ संग्रामपुरमा विपरीत दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा टिपर पल्टिएर उक्त दुर्घटना हुन पुगेको महोत्तरी प्रहरीले जनाएको छ ।
हाल फरार रहेका टिपर चालकको खोजीकार्य भईरहेको र घटनाको थप अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०७६ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित