अशिक्षा र कुसँस्कार विरुद्धका पात्र ‘जेठा सुब्बा’

धरान, माघ १६ । किरात लिम्बू सँस्कृतिमा केलाङ(च्याब्रुङ) र मुन्धुमको महत्व झल्काउनु च्याब्रुङ नाच्नु, मुन्धुमी परम्परा अंगाल्नु लिम्बू जातिको जीवन हो । बिहेमा सोल्टी सोल्टीनीहरु रातभरि धान नाच्दै रमाउनु, माया प्रिति गाँस्नु र बिहे सम्म गर्नु लिम्बू सँस्कृति भित्रको एक रमाईलो पाटो हो ।

तर लिम्बू समाज नबुझ्नेलाई कहि कतै छाडापन पनि लाग्न सक्छ । लिम्बू समाजभित्र महिलालाई स्वतन्त्रता छ । महिलासँग बोल्नलाई त निक्कै आँटिलो पुरुष चाहिन्छ । पुर्वी लिम्बूवानको एउटा गाँउ, जहाँ जेठा सुब्बा लिम्बू भएर जन्मिएपछि केलाङ नाच्नु र मुन्धुम बुझ्नुपर्छ भन्ने मान्यता राख्छन् ।

आफुलाई मन परेकी लिम्बूनी ‘स्वाङफेमा’ बाट बिहेको स्वीकृति पाउने प्रतिक्षा गर्दा गर्दै उमेर ढल्कन लागिसकेको हुन्छ । दुवैको मायाप्रितिको सुवास गाउँभरि फैलिएको हुन्छ, ठिटाठिटीहरु मौका पाउनासाथ दुवैलाई खुब जिस्काउ कुनै कसर बाँकी राख्दैनन् । लिम्बूनीलाई पनि जेठा सुब्बा असाध्यै मन पर्छ । तर, स्कुलमा पाइला पनि नटेकेकी उनलाई पण्डित ध्रुव दत्तको भविष्यवाणीले हरेक दिन झस्काइरहन्छ । त्यसको एक मात्र कारण थियो पण्डितले हात हेर्दै गर्दा भनेको कुरा कि ‘तिमीले बिहे गर्यौं भने त तिम्रो बुढो मरिहाल्छ’ ।

एक गाँउ त्यही गाउँमा एउटा दलित, गरिब परिवार पनि छ । परिवारमा वनकाइला, काइली र तीनका जवान छोरी प्रेशीका निरौला अर्थात छाया छे । काइला र काइली कपडा सिउने हाते मिशिन लिएर गाउँभरि कपडा सिउदै छाक टार्छन ।

गरिबिले थिचिएको काइला, काइलीले छोरीलाई पढाउन सक्दैनन् । काइलीलाई त छोरी पढाउने मन थियो, तर काइलाले नै काम सिकाउने भन्दै स्कुल पठाउदैनन् । पण्डित ध्रुव दत्त अर्थात् दिपेन्द्र सिंह दर्नाल जन्म कुण्डली बनाउदै गाउँलेको भविष्य हेर्दै पंडितको रुपमा गाउभरि डुल्छ । गाउँसमाजमा छुवाछुतले अझै जरो गाडेर बसेको छ । उ त झन् पण्डित न पर्यो । काइला काइलीलाई नछोइ परपरै हुन्छ । काइला काइलीसँग पानी नचल्ने जात भनेर तर्कने तिनै पण्डित उनीहरुको जवान छोरीप्रति र्याल चुहाईरहेको हुन्छ । घरमा एक्लै भएको मौकामा अनेक आश्वासन दिएर काईला अर्थात शंकर थापाकी छोरी छायालाई गर्भवती बनाउछ ।

काइला रिसले चुर हुदै छोरी, श्रीमतीलाई कराउछ, कुट्छ । काइली आफ्नो कर्मलाई धिर्कादै ‘छोरीलाई बेलैमा पढाउ भने, नक्कली हुन्छे अनि घरमा काम कस्ले गर्छ भनेर स्कुल पठाएनौं । पढेलेखेको यस्तो हामी जस्तो हुदैनथ्यो भन्छिन ।’
र अन्त्यमा, काइला र काइलीको छोरीलाई स्वीकार गरी पण्डित ध्रुव दत्त अर्थात दर्नाल अनेक सपनाको आश्वासन बाँडदै सहर भासिन्छ, यसले समाज परिवर्तनको संकेत गर्छ ।

तर, दलितको छोरी स्वीकार गरेपछि बाहुनको छोरालाई गाउमै बस्ने अवस्था सृर्जना गर्नुपर्ने र सामाजिक न्याय दिलाउन ‘ईङघङ’ अर्थात सन्देश नामक नाटकले नेपाली समाजलाई घच्घच्याउछ । ‘स्वाङफेमा’ले पनि पण्डितको भविष्यवाणी झुटो भएको महसुस गर्छे र जेठा सुब्बासँग बिहेको मञ्जुरी दिन्छे ।

लिम्बू समाजको रहनसहन, सँस्कार र सँस्कृतिलाई उत्कृष्ट पारामा प्रस्तुत गरेको नाटक ‘ईङघङ’ अर्थात सन्देश जातीय छुवाछुत र अशिक्षाविरुद्ध साच्चैको सन्देश दिन सफल भएको छ । नेपालमा धेरै राजनीतिक परिवर्तन भयो, व्यवस्था फेरियो तर मान्छेभित्रको मानसिकतामा अझै परिवर्तन आउन सकेन । शिक्षाको अभावले कुसँस्कार, अन्धविश्वास, छुवाछुतलाई तोड्न र पश्चिमा सँस्कृतिबाट मौलिक सँस्कृतिको पहिचान जोगाइ राख्नुपर्ने नाटक ‘ईङघङ’ सन्देशको सार हो यो ।
रंगभुमि एकेडेमीको प्रस्तुती नाटक ‘ईङघङ’ सन्देश धरान ८ स्थित सभागृहमा गत माघ ९ गतेदेखी सुरु भई सोमबार १५ गते बेलुका मञ्चन भई सम्पन्न भएको छ ।

नाटक हेरिसकेर धरानका अग्रज रंगकर्मी, नाट्यकर्मीहरुले युवा कलाकारहरुको खुलेर प्रसंसा गरेका थिए । करिब डेढ घण्टासम्म कलाकारहरुले संवाद, लिम्बु लवज, अभिनय र बिषयबस्तुले दर्शकहरुलाई बाँधेर राख्न सकेको एक मात्र यो नाटक धरानेबासीहरुको साच्चै मन जितेको थियो ।

धरानमा रंगमञ्च र नाटकको महौल सृर्जना गर्न ७ दिनसम्म निरन्तर नाटक मञ्चन गर्ने निर्णय गरिएको रंगभुमिका अध्यक्ष एवं निर्देशक विष्णु मोक्तानले आफुलाई आट प्रदान गर्न धरान अग्रज रंगकर्मी तथा स्थानीय पत्रकारहरुले हौसला प्रदान गरेको जिकिर गरे । उनले भने, ‘नाटक निरन्तर हुन्छ भन्ने देखाउन र धरानमा नाटकीय माहौल बनाउन ७ दिनसम्म नाटक मञ्चन गर्याै यसमा सबै धरानेको साथ पायौ ।

उनले व्यवस्था परिवर्तन भएर पनि फेरि नसकेको समाजको मानसिकता विरुद्ध सन्देश दिनु पनि यो नटक आवश्यक भएको बताए, नाटक समापन समारोहमा मोक्तानले बताए ।’

नाटक ‘ईङघङ’ (सन्देश)मा कलाकारहरु विष्णु मोक्तान, दिपेन्द्रसिं दर्नाल, कुमारी राई, तुलसा थापा, हरि इवाहाङ लिम्बू, प्रेशिका निरौला, सोनम मगर, निश्चल कुलुङ, मिलन राई, गेबी लिम्बू, शंकर थापा र उदिप लिम्बूको सशक्त अभिनय रहेको थियो ।

नाटकको लेखन तथा निर्देशन विष्णु मोक्तान, निर्माण संयोजन स्पन्दन राजा, संगीत विनायक राई र केलाङ नृत्य कुमार हुक्पा चोक्पा चोङबाङको रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =