आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीद्धारा सडक अवरुद्ध

 

माघ १८, विराटनगर । मोरङको सुन्दरहरैंचामा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन् । 

माघ १४ गते सुन्दरहरैंचामा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि ७ वटा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

null

विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका टिपर व्यवसायीलाई प्रहरीले विराटनगर प्रवेशद्वारको ढाटमा रोकेपछि उनीहरुले करिब दुई सय टिपर सडकमा तेस्र्र्याएका छन् । 

आगजनीको विरोधमा टिपर व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको पूर्वाञ्चल टिपर व्यवसायी संघका कोषाध्यक्ष सन्दीप सिंहले बताए । 

प्रदर्शनीमा उत्रिएका व्यवसायीलाई प्रहरीले विराटनगर गेटमा रोकेपछि सडक अवरुद्ध पारेका हुन् । प्रहरीले रोकेपछि व्यवसायीले सडकमै टिपर राखेर नाराबाजी गरिरहेका छन् । 

प्रहरीले बल प्रयोग गरी विरोध प्रदर्शन गर्न रोकेकाले व्यबसायीले सडक अवरुद्ध गरेका हुन् । माघ १४ गते टिपरको ठक्करबाट बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीय वासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =