हिमानीलाई राष्ट्रिय सभामा ल्याउने तयारी

“काठमाडौं, माघ १५ । पूर्वयुवराज्ञी हिमानी शाहलाई राष्ट्रियसभा सदस्य बनाउन दौडधुप सुरु भएको छ । पूर्व दरवारियाहरुले हिमानीलाई राष्ट्रिय सभामा प्रवेश गराएर दरवारको प्रतिनिधित्व गराउन लबिङ गरिरहेको स्रोतले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ जनामा हिमानीको नाम पनि समावेश गर्न राजावादीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीे अध्यक्ष प्रचण्डलाई भेट गरिरहेका स्रोतको दाबी छ ।
हिमानीले पनि आफु राजनीतिमा आउन ईच्छा जाहेर गरिसकेकि छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बैंककमा भेटेर हिमानीले आफू राजनीतिमा आउने इच्छा जाहेर गरेको बताइन्छ । स्रोतका अनुसार देउवा र ओली सकारात्मक भएपनि प्रचण्डले भने अझैं मुख खोलेका छैनन् ।
पूर्व दरबारियाहरुले राजतन्त्र फर्कन गारो बन्दै गएको निष्कर्ष निकाल्दै यही व्यवस्थामा सहभागी भएर आफ्ना एजेण्डलाई जनतासम्म लिनु पर्ने सुझाव पूर्वराजा ज्ञानेन्द्रलाई पनि दिइरहेका छन् ।”








